नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ।
सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा साथै अन्य विभिन्न कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।
अदालतले भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दीपक’, स्कूल विभाग सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की, पदमबहादुर राई लगायतका नेताहरु समेत पक्राउ पुर्जी जारी गरेको छ।

