प्रधानन्यायाधीश कार्कीले प्रचण्डलाई भेटेको भन्दै ओलीले जनाए आपत्ति

१५ श्रावण २०७९, आईतवार १५:३९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकोबारे प्रश्न उठाएका छन् ।

ओलीले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकोबारेमा प्रश्न उठाएका हुन् ।
कामु प्रन्या कार्कीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटबारे आइतबार राष्ट्रिय युवा संघको नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले प्रश्न उठाए।

बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायालयका मुख्य व्यक्तिले राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नाले न्यायमा सम्पादनमा नराम्रो असर पर्ने भन्दै कटाक्ष गरेका छन् । ‘तपाईँहरू देखिरहनुभएको छ, समाचारहरू अखबार र अनलाइनमा आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो ।’ ओलीले भने ।

पछिल्लो समय सर्वोच्चमा राम्रोसँग न्याय सम्पादन हुन नसक्नुमा काम प्रन्याको हात रहेको समेत आरोप लगाएका छन् । साथै न्याय किनबेच हुने गरेको भन्दै त्यसो गर्नु दुखद रहेको समेत बताए ।

यस्त, आइतबार अर्थमन्त्रीमा जर्नादन शर्मा पनुः नियुक्ति भएका छन् । बजेटगेट प्रकरणमा सफाइ पाएका शर्मा अर्थमन्त्रीमा दोहोरिने भएपछि अर्थसचिव मधुकुमार मरासिनी सम्पर्कबाहिर भएका छन्।