एमालेले सांगठानिक कामलाई चुस्त बनाउने विषयमा निर्णय गर्दै

१५ श्रावण २०७९, आईतवार १३:३४

नेकपा एमालेको केन्द्रीय विभागको बैठक आइतवार बिहानबाट शुरू भएको छ ।

केन्द्रीय विभागको बैठक केन्द्रीय कार्यालय च्यासलमा पार्टीको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सचिवसहितको बैठक शुरू भएको हो ।
बैठकमा विभागले बनाएको वार्षिक कार्ययोजना विभागीय प्रमुखहरूले प्रस्तुत गरिरहेका छन् । बैठकले पार्टीको सांगठानिक कामलाई चुस्त बनाउने विषयमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरू पनि सहभागी छन् । एमालेले विभिन्न केन्द्रीय कमिटीको मातहतमा रहने गरी विभिन्न विभागहरू गठन गरेको छ । ति विभागहरूले आफू सम्बन्धित क्षेत्र एवं विषयमा योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने गरेको छ ।