
‘मिसेस एण्ड मिस गुरुङ २०२२’ निलम र ईशा गुरुङ घोषित भएका छन् । मिसेसमा निलम गुरुङ र मिस तर्फ इशा गुरुङले उपाधि हात पारेका हुन् ।
प्रतियोगीतामा फष्ट रनर अप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पवी गुरुङ चुनिए । विजेता सबैले उपाधिको साथमा नगद सहित बिभिन्न उपहार समेत हात पारेका छन्।
एस.के.इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सविता गुरुङ , केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, सिता गुरुङ, महिन्द्र लिम्बु, पूर्व मन्त्री दिलमान पाख्रिन, पूर्व मन्त्री यसोदा कुमारी लामा लगायत समेत सहभागी कार्यक्रममा सास्कृतिक ताझामका साथ आयोजना भएको थियो । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एबम रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी प्रतिभा निखार्ने उदेश्यले प्रतियोगीता आयोजना भएको हो ।
