मोटरसाइकल पल्टिँदा २२ वर्षीय अनिल महतोको मृत्यु

१५ श्रावण २०७९, आईतवार १२:४०

चितवनको भरतपुर महानगरपालिका-१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ।

गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।