आज बिहान गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति

१५ श्रावण २०७९, आईतवार १२:३३

आज (आइतबार) बिहान ८ः१३ मिनेटमा गएको भूकम्पबाट खोटाङमा केही घरमा क्षति पुगेको छ ।

हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिए ।

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आज बिहान ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले केही घरमा क्षति पुगेको र विवरण संकलन कार्य जारी रहेको प्रजिअ सेडाईले जानकारी दिए । भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।