स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

१४ श्रावण २०७९, शनिबार ०७:३६

स्कुल बसले दाङ देउखुरीको गढवामा तीन वर्षीया बालिकालाई किच्दा उपचारका क्रममा मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर–७ मानपुर उत्तर टोलकी पूजा थापालाई न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा  गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो । उक्त स्कुलको बस चालकलाई प्रहरीले पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ ।