विश्वका डेढसय देशसँग नेपालको व्यापारिक सम्बन्ध, आउछ खबौंको मालसमान

११ श्रावण २०७९, बुधबार १२:०२

 आर्थिक वर्ष २०७८/०७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको हो।

तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो ।

१२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो।

आयातसँगै निर्यात पनि वृद्धि भएको थियो। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो। आव २०७८/०७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो।

अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ।

नेपालसँग व्यापारिक सम्बन्ध भएका देशहरु

Afghanistan

Algeria

Andorra

Antigua and Barbuda

Argentina

Armenia

Australia

Austria

Azerbaijan

Bahamas

Bahrain

Bangladesh

Barbados

Belarus

Belgium

Belize

Bermuda

Bhutan

Bolivia

Bosnia and Herzegovina

Brazil

Brunei Darussalam

Bulgaria

Cambodia

Cameroon

Canada

Cape Verde

Central African Republic

Chile

China

Christmas Island[Australia]

Cocos (Keeling) Islands

Colombia

Comoros

Congo

Costa Rica

Croatia

Cyprus

Czech Republic

Denmark

Dominican Republic

East Timor

Ecuador

Egypt

El Salvador

Estonia

Ethiopia

Fiji

Finland

France

Gabon

Georgia

Germany

Ghana

Greece

Grenada

Guadeloupe

Guatemala

Guinea

Guinea-Bissau

Honduras

Hong Kong

Hungary

Iceland

India

Indonesia

Iran, Islamic Republic of

Iraq

Ireland

Israel

Italy

Jamaica

Japan

Jordan

Kazakstan

Kenya

Korea, Republic of

Kosovo

Kuwait

Kyrgyzstan

Lao People’s Democratic Republic

Latvia

Lebanon

Liberia

Liechtenstein

Lithuania

Luxembourg

Madagascar

Malawi

Malaysia

Maldives

Mali

Malta

Many Countries

Marshall Islands

Mauritania

Mauritius

Mexico

Micronesia, Federated States of

Midway Islands

Monaco

Mongolia

Morocco

Mozambique

Myanmar

Namibia

Netherlands

New Caledonia

New Zealand

Nicaragua

Niger

Nigeria

Northern Mariana Islands

Norway

Not_Specified

Oman

Pakistan

Panama

Papua New Guinea

Paraguay

Peru

Philippines

Poland

Portugal

Puerto Rico

Qatar

Republic of Moldova

Romania

Russian Federation

Saint Helena

Saint Vincent and the Grenadines

San Marino

Saudi Arabia

Senegal

Serbia

Serbia (Europe)

Sierra Leone

Singapore

Slovakia

Slovenia

Somalia

South Africa

Spain

Sri Lanka

Sudan

Suriname

Swaziland

Sweden

Switzerland

Taiwan, Province of China

Thailand

Togo

Tokelau

Trinidad and Tobago

Tunisia

Turkey

Turks and Caicos Islands

Uganda

Ukraine

United Arab Emirates

United Kingdom

United Republic of Tanzania

United States

United States Virgin Islands

Uruguay

Uzbekistan

Venezuela

Viet Nam

Yemen

Zambia