आर्थिक वर्ष २०७८/०७९ मा विश्वका १६४ देशबाट नेपालले विभिन्न माल वस्तु आयात गरेको पाइएको छ।
भन्सार विभागले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कअनुसार नेपालमा ती देशबाट १९ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको हो।
तथ्याङ्कअनुसार उक्त अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो ।
१२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरको सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्रै दश खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो।
भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। एक वर्षको अवधिमा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएको र ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग दुई खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो।
आयातसँगै निर्यात पनि वृद्धि भएको थियो। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको थियो। आव २०७८/०७९ मा नेपालले दुई खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी वस्तु निर्यात गरेको थियो।
अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख बराबरको निर्यात गरेको थियो। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ।
नेपालसँग व्यापारिक सम्बन्ध भएका देशहरु
Afghanistan
Algeria
Andorra
Antigua and Barbuda
Argentina
Armenia
Australia
Austria
Azerbaijan
Bahamas
Bahrain
Bangladesh
Barbados
Belarus
Belgium
Belize
Bermuda
Bhutan
Bolivia
Bosnia and Herzegovina
Brazil
Brunei Darussalam
Bulgaria
Cambodia
Cameroon
Canada
Cape Verde
Central African Republic
Chile
China
Christmas Island[Australia]
Cocos (Keeling) Islands
Colombia
Comoros
Congo
Costa Rica
Croatia
Cyprus
Czech Republic
Denmark
Dominican Republic
East Timor
Ecuador
Egypt
El Salvador
Estonia
Ethiopia
Fiji
Finland
France
Gabon
Georgia
Germany
Ghana
Greece
Grenada
Guadeloupe
Guatemala
Guinea
Guinea-Bissau
Honduras
Hong Kong
Hungary
Iceland
India
Indonesia
Iran, Islamic Republic of
Iraq
Ireland
Israel
Italy
Jamaica
Japan
Jordan
Kazakstan
Kenya
Korea, Republic of
Kosovo
Kuwait
Kyrgyzstan
Lao People’s Democratic Republic
Latvia
Lebanon
Liberia
Liechtenstein
Lithuania
Luxembourg
Madagascar
Malawi
Malaysia
Maldives
Mali
Malta
Many Countries
Marshall Islands
Mauritania
Mauritius
Mexico
Micronesia, Federated States of
Midway Islands
Monaco
Mongolia
Morocco
Mozambique
Myanmar
Namibia
Netherlands
New Caledonia
New Zealand
Nicaragua
Niger
Nigeria
Northern Mariana Islands
Norway
Not_Specified
Oman
Pakistan
Panama
Papua New Guinea
Paraguay
Peru
Philippines
Poland
Portugal
Puerto Rico
Qatar
Republic of Moldova
Romania
Russian Federation
Saint Helena
Saint Vincent and the Grenadines
San Marino
Saudi Arabia
Senegal
Serbia
Serbia (Europe)
Sierra Leone
Singapore
Slovakia
Slovenia
Somalia
South Africa
Spain
Sri Lanka
Sudan
Suriname
Swaziland
Sweden
Switzerland
Taiwan, Province of China
Thailand
Togo
Tokelau
Trinidad and Tobago
Tunisia
Turkey
Turks and Caicos Islands
Uganda
Ukraine
United Arab Emirates
United Kingdom
United Republic of Tanzania
United States
United States Virgin Islands
Uruguay
Uzbekistan
Venezuela
Viet Nam
Yemen
Zambia
