फेरी लगाइन् रोशनी शाहीले बलत्कारको आरोप

१० श्रावण २०७९, मंगलवार १६:०१

मंगलबार सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध बलत्कारको आरोप लगाउदै नाराबाजी गरेपछि रोशनी शाही पक्राउ परेकी छन् ।

पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका सिद्धबाबाविरुद्ध ‘बलात्कारी’ भन्दै चिच्याउँदै नाराबाजी गरेपछि शाही पक्राउ परेकी हुन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी शाही आज पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गरेकी हुन्।
आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई शाहीले ‘बलात्कारी’ भन्दै विरोध जनाएकी थिइन्।

प्रहरीले उनलाई तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो। उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ।