माओवादी हेडक्वार्टर : आइटीको जिम्मा अनविज्ञलाई

१० श्रावण २०७९, मंगलवार ११:५४

माओवादी केन्द्र मुलुकको तेस्रो निर्णायक राजनैतिक शक्ति । जनयुद्धदेखि शान्तिप्रक्रियासम्म आउँदा उसको आफ्नै पहिचान स्थापित भइसकेको छ ।

निर्णायक शक्तिका रुपमा रहेको माओवादी केन्द्र यहाँसम्म आउन पार्टी अध्यक्ष प्रचण्डको एक्लो प्रयासले मात्रै सम्भव भएको होइन । तल्लोदेखि माथिल्लो तहसम्म रहेका कमीटि र नेता तथा कार्यकर्ताको ठूलो देनले पार्टी निर्णायक शक्तिका रुपमा स्थापित भएको हो ।

अहिले यही पार्टी भित्र नातावाद, कृपावाद बढ्दै गएको छ । नेतृत्वको उपल्लो तहमा पुगेकाहरुले आम्दानी हुने ठाउँमा आफ्नालाई सेटिङ गर्दा अनविज्ञ नै विज्ञका रुपमा पार्टीको महत्वपूर्ण विभागमा पुग्न थालेका छन ।

एउटा उदाहरण हेरौं, माओवादीमा आइटी विभाग छ, त्यसको प्रमुख प्रकाश रायमाझी हुन । नत विज्ञता छ न उनीसँग त्यससम्बन्धि ज्ञानै छ, उनीसँग ज्ञान छ त केबल ग्राफिक डिजाइन गर्ने । उनी नेताको सिफारिस र सोसफोर्समा आइटी विज्ञका रुपमा नियुक्त भएका छन ।

चुनावताका उनले ठूलै गल्ती पनि गरेका थिए । जसको चर्चा ठूलै भएको थियो ।

नेकपा (माओवादी केन्द्र) ले चुनावी प्रचार सामग्रीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरेको भन्दै सामाजिक संजालदेखि जताततै आलोचना खेप्नुप¥यो, पछि त्यो पोस्ट नै हटाउनुप-यो ।

जुन पोस्ट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुकमा गरिएको थियो । प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको पोस्टरमा, थप लेखिएको थियो ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको ।’

त्यही पोस्टर बनाउने उनै अनविज्ञ रायमाझी थिए । जसकारण सिंगो पार्टी आलोचित बन्नुपरेको यर्थथता अहिले नि लुकाएर लुक्दैन ।

यस्ता मान्छेलाई विभागिय जिम्मेबारी दिदाँ पार्टीले पुनर्विचार गर्नेकी ?