एमाले र कांग्रेसका नेता तथा कार्यक्रताहरुलाई प्रचण्डले फेरि गराए माओवादीमा प्रवेश

७ श्रावण २०७९, शनिबार २२:४५

नेकपा (एमाले) र नेपाली कांग्रेस निकट संगठन परित्याग गरी नेता तथा कार्यक्रताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

बागमती नगरपालिका,सर्लाहीमा नेकपा एमाले र नेपाली काँग्रेस निकट शिक्षक संगठन परित्याग गरी एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रवेश गरेका हुन् ।
शनिबार सर्लाहीको वागमती नगरपालिकामा विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई अबिर माला लगाइ पार्टीमा स्वागत गरेका थिए ।

यस्तै शुक्रबार विभिन्न पार्टी परित्याग गरी आएका २५ जनलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टी कार्यलय पेरिस डाँडा कोटेश्वरमा पार्टीे प्रवेश गराएका थिए ।

https://fb.watch/erUQ-36swC/