चिनियां कम्युनिष्ट नेपाल आए लगत्तै प्रचण्डलाई किन बोलाए भारत भ्रमणमा जेपी नड्डाले ?

३० असार २०७९, बिहीबार १०:३०

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शक्रबार भारत भ्रमणमा जाने भएका छन् ।

अध्यक्ष प्रचण्ड भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा शुक्रबार दिउँसो १ बजे दिल्ली जान लागेका हुन् ।

नवनियुक्त भारतिय राजदूत नवीन श्रीवास्तवले भाजपा अध्यक्ष नड्डाको निम्तो केही दिनअघि दाहाललाई हस्तान्तरण गरेका थिए । प्रचण्डको भ्रमणको तयारीका लागि दाहालपुत्री गंगा दाहालले केही दिनअघि दिल्लीको भ्रमण गरेकी थिईन ।

दाहालले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दिल्लीमा उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियां कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुखको नेपाल भ्रमण सकिएलगत्तै दाहालको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

चिनले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य र कांग्रेससंग सुमधुर सम्बन्ध निर्माणमा जोड दिइरहेको बेला दाहालको दिल्ली भ्रमण हुन लागेको हो । प्रधानमन्त्री पत्नी आरजु देउवा समेत अहिले दिल्लीमै रहेको बेला दाहाल दिल्ली जान लागेका छन् ।