एमाले नेता बेदप्रसाद खरेल सहित को को कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरे ?

२८ असार २०७९, मंगलवार १६:४६

नेकपा एमाले भक्तपुर मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेल सहित नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्तालााई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरेका हुन् । उक्त कार्यक्रममा खरेल सहित दर्जन बढी कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, केन्द्रीय सदस्य दिलिप प्रजापति, डिपी ढकाल लगायत नेताहरुको सहभागिता थियो ।

एमालेबाट पार्टीमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरूः