तालिमको दौडमा बेहोस भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु

२६ असार २०७९, आईतवार १४:१९

तालिमको दौडमा बेहोस भएका एक प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।

कोहोलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचारको क्रममा शनिबार प्रहरी जवना मृत्यु भएको हो ।
अछामको मेल्लेख गाँउपालिका ६ झडिगाँउका २१ वर्षीय भरत बोहोरा तालिमका क्रममा बिहोस भएका थिए । बिहोस भएका बोहोराको कोहोलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बोहोरा एघार महिनाअघि प्रशिक्षार्थी प्रहरी जवानमा छनोट भएका थिए । बोहरा सुदूरपश्चिमको साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रहरी तालिम केन्द्रमा नियमित तालिममा थिए । २२ असारको दिन नियमित तालिम अन्तरगत नै १० किलोमिटरको लामो दौड चलिरहेको थियो । आफ्नो पालो आएपछि अन्य प्रशिक्षार्थी प्रहरी जवानसँगै बोहराले पनि दौड सुरु गरे तर केही किलोमिटर पार नगर्दै उनी लडेर बेहोस भए । एकछिनमा आफैं उठेर पुनः दौडेका बोहरा १० किलोमिटर कटाउन करीब तीन सय मिटरको दुरी बाँकी छदै फेरि लडे ।

पुनः लडेर बेहोस भएका बोहरालाई तत्काल डोटीमा सामान्य उपचारपछि होस नखुलेपछि हेलीकोप्टरमार्फत कोहलपुरमा रहेको शिक्षण अस्पताल लगियो ।

शिक्षण अस्पतालमा उपचारका क्रममा बोहरा बेला बेला होसमा आउने र फेरि बेहोस् हुने क्रम चलिरहेको थियो तर शनिबार अस्पतालले भरतलाई बचाउने प्रयास असफल भएको खबर सुनाएको भरतका काका शेरबहादुर बोहराले बताए ।

यस्तै बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाको अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।