जनसंख्याको आधारमा धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी जनयुद्धको कारण अन्त्य भयो: रेनु दाहाल

२६ असार २०७९, आईतवार १२:३८

एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बताएकी छिन् ।

भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले बकर इद २०७९ को अवसरमा आज आयोजना गरको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताएकी हुन् ।

विगतमा धर्म मान्ने जनसंख्याको आधारमा न्युन जनसंख्या भएका धर्मावलम्बिहरुलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएर गएको दाहालले उल्लेख गरिन् । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको मेयर दाहालको दाबी थियो ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषण गरेसँगै सबै धर्मावलम्बीहरुले बीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो ।
यस्तै बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।