सरखार ! जनार्दनको चलखेलमा साथ दिने अर्थसचिवलाई निलम्बन गरेको खोई ?

२४ असार २०७९, शुक्रबार ११:५५

अर्थसचिव मधुकुमार मरासिनीलाई कारबाही गर्न सरकारले चासो देखाएको छैन ।

बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्रीले गरेको चलखेलमा सहिछाप लगाउने अर्थमसचिव मधुकुमार मरासिनीलाई अझै निलम्बन गरेको छैन । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले चलखेल गर्दा मौन बसेर सघाउने अर्थसचिवमाथि कारबाही हुनुपर्ने भएपनि अर्थमन्त्रीले राजीनामा दिएको दुई दिन बित्दा समेत अर्थसचिव मन्त्रालयमा गएर हाजिर लगाइरहेका छन ।

मन्त्रीलाई रिझाउन जेठ १४ को अर्को दिन त्यसबारेमा वास्तविकता बाहिर ल्याउन अर्थसचिवले नखोजेको प्रष्ट देखिन्छ । अर्थसचिव मातहतका कर्मचारीले १३ दिनमै सीसीटीभी फुटेज मेटिएको गैरजिम्मवारपूर्ण जवाफ दिनुले पनि यो चलखेलमा अर्थसचिव अछुतो रहेको देखिन्न ।

जव अर्थमन्त्रीको चर्को विवाद भएपछि आफू चोखिन मन्त्रीले राजीनामा दिएको दिन मरासिनी अनिश्चितकालिन विदामा बस्न खोजेका थिए । तर मन्त्रीले राजीनामा दिएको भोलिपल्टै जागिर जाने डरले मन्त्रालयमा हाजिर भएका सचिव अर्थसचिव मरासिनी हिजो बिहीबार अर्थमन्त्रालयमा पुगे भने आज पनि मन्त्रालयमा हाजिर भएका छन ।

झलनाथ खनाल नेतृत्वको सरकारका पाला मन्त्रीले दिएको अनुचित दबाब सहन नसकेर तत्कालिन अर्थसचिव रामेश्वर खनालले दुई साताको बिदा र त्यसपछि लागु हुने गरी मुख्यसचिवलाई राजीनामा बुझाएका थिए । त्यो नैतिकता अहिलेको अर्थसचिव मरासिनीले देखाउन नसकेको प्रष्ट देखिएको छ ।

यस्तै, नेकपा एमाले मुख्य सचेतक विशाल भट्टराईले अर्थसचिव, अर्थमन्त्रीसहित अर्थमन्त्रालय बजेट निर्माणको कोर टिम नै लागेर राष्ट्र विरुद्ध गद्दारी गरिएको बताउँदै अर्थसचिवलाई समेत नछाडिने बताउछन । अर्थमन्त्रालयका सचिवल सचिवले मतियारको भूमिका खेलेको उनको भनाइ छ । ‘हामीले चर्को रुपमा अर्थसचिवलाई नि तत्काल निलम्बन गरेर उनीमाथि छानविन गर्न माग गर्दछौं,’उनले भने ।

संसद्ले अर्थमन्त्रीमाथि छानविन गर्न विशेष संसदीय समिति बनाइसकेको छ । छानविन समितिका एक सदस्यका अनुसार समितिले आजदेखि काम थाल्दैछ । १० दिने म्यान्डेट अनुसार समितिले निर्धारित समयमै छानविन गरि वास्तविकता बाहिर ल्याउनेछ ।

जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति मन्त्रालयमा छिराएर अर्थमन्त्रीले चलखेल गरेको भन्दै उनले राजीनमा नै दिइसकेका छन ।