स्वास्थ्य चौकीमा कार्यरत कृष्ण बहादुर खत्रीको मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु

२० असार २०७९, सोमबार २१:५७

भूमिकास्थन नगरपालिका वड़ा नं.४,धारापानी स्वास्थ्य चौकीमा कार्यालय सहयोगी पदमा कार्यरत कृष्ण बहादुर खत्रीको सडक दुर्घटनामा मृत्यु भएको छ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानि साना औवलका ४५ बर्षिय खत्रीको आज बिहान करिब ११ः३० बजे पुर्वपश्चिम राजमार्ग कपिलबस्तुको कोहिली बनगाई नजिकै पुर्व बुटवलबाट पश्चिम तर्फ आईरहेको मोटरसाइकल र पश्चिम अर्घाखाँची बाट पुर्व तर्फ गईरहेको लु.६ प्.९८९० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भिर घाइते भएका खत्रीको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पिपरा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतक खत्री लामो समयदेखि धारापानी स्वास्थ्य चौंकीमा कार्यरत थिए । मृतक खत्रीका घरमा एक छोरा ,छोरी र श्रीमती रहेको बुझिएको छ। खत्रीलाई ठक्कर दिने मोटरसाइकल अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ पकलेका इश्वरी थापा रहेको पिपरा प्रहरी चौंकीले जानकारी दिएको छ। मोटरसाइकल चालक इश्वरी थापा का दुई वटा हात भाच्चीएको खबर आएको छ भने उनको मोटरसाइकल मा सवार आफ्नी ११ बर्षिया भान्जी र बहिनि सामान्य घाइते भएको बुझिएको छ।