ओलीले र नेम्वाङले प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा बोल्ने, महंगीको विषयमा के भन्लान् ?

२० असार २०७९, सोमबार ११:४४

प्रमुख प्रतिपक्ष दलका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

एमाले अध्यक्ष ओलीले र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आज दिउँसो प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी दिएका हुन्।

सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङको भनाई छ । एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।
जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा।भट्टराईले जसपाबाट छुटिनु भन्दा पहिले विभिन्न शीर्ष नेताहरुसंग राजनीतिक भेटवार्तालाई तिव्रता दिएका हुन् ।