एमालेको केन्द्रीय सचिवालयको बैठकमा को को उपस्थित भए ?

१९ असार २०७९, आईतवार १४:४८

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको छ ।

उक्त केन्द्रीय सचिवालयको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेलको उपस्थिति छ ।

त्यसैगरी उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्र रिमाल, सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल लगायतको उपस्थति रहेको बताइएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) को बैठक कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजेदेखि सुरु भएको छ । आजको बैठक नँया तरिकाले सञ्चालन भएको छ ।
यो भन्दा पहिलेका केन्दीय समितिको बैठकमा अध्यक्षले राजनीतिक प्रस्ताव लम्बेतान पेश गर्ने र त्यसलाई बाचन गर्ने परम्परा भएकोमा त्यसलाई तोडिएको अध्यक्ष प्रचण्डले जानकारकी गराएका छन् ।