रमा रायमाझी झुण्डिएको अवस्थामा मृत फेला, हत्या भएको आशंका

१९ असार २०७९, आईतवार ११:३३

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना महिला कर्मचारी मृत फेला परेकी छन् ।

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी मृत फेला परेकी हुन् । स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका रायमाझी मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । रातिदेखि अहिले बिहानसम्म पनि त्यहाँ आफन्त र स्थानीयको भिडभाड छ । गएराति त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।

एसपी मैनालीका अनुसार उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको र घटनाको पुरा विवरण आउन बाँकी रहेको बताइएको छ ।