
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दूध प्रयोग गरेर दूध बन्ने परिकार बनाउन खोल्न आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले शनिबार काठमाडौंमा एमाले निकट किसान महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बढी मात्रा दूध उत्पादन भए दूध प्रयोग गरेर चकलेट उद्योग खोल्न वा पाउडर दूध बनाउन आग्रह गरेका हुन् ।
यसैगरी उनले कार्यक्रममा बोल्दै मिल्क होलिडेको नाममा किसानले उत्पादन गर्ने दूध खेर जान नदिन पनि आग्रह गरे । साथै उनले ब्यङ्ग्य गर्दै भने– ‘के हो मिल्क होलीडे भनेको ? भैसीलाई सम्झाउ न, गाईलाई सम्झाउन न मिल्क होलिडे । किसानलाई सम्झाएर हुन्छ ? के हो मिल्क होलीडे भनेको ? मिल्क होलीडे भने दुध दुहेर फ्याँक भनेको हो कि दुध दुहुँदै नदोई साँच भनेको हो ? मिल्क होलीडे भनेको त भैसीले बुझ्नुपर्यो नी गाइले बुझ्नुपर्यो नी आज छुट्टी छ दूध नदेउ भनेर बुझ्छ त्यसले ? अनि यो दूध खेर फाल भनेको हैन ? डेरीले दुध किन्ने चकलेट फ्याक्ट्री राखे हुँदैन । पाउडर फ्याक्ट्री राखे हुँदैन ?’
अध्यक्ष ओलीले पाउडर फ्याक्ट्री खोलेर मिल्क होलिडेलाई समाप्त पार्न आग्रह गरे । उनले ५ दिन दुध बेच्ने २ दिन पोख्ने काम हुन नसक्ने बताए । उनले मिल्क होलिडे भनेको दिन भकारो सोहर्नुपर्दैन भैसीको हेरबिचार गर्न पर्दैन भन्दै प्रश्न गरे ।
यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवको राजीनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मागेका छन् ।
