
गायक विपिन घिमिरे र गायिका शिला विष्टको आवाजमा ओठमा तिम्रो बोलको गीत सदिक्षा फिल्मस् युटुबबाट सार्वजनिक भएको छ ।
बसन्त शर्माको उत्कृष्ट शब्द रहेको उक्त गीतमा संगीत स्वंम् गायक घिमिरेले नै गरेका छन् । उक्त गीतको संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् ।
गीतको भिडियो निर्देशन मनोज सुवेदीले गरेका हुन् भने गीतमा राज टाइगर र रोशनी कार्कीले अभिनय गरेका छन् ।
उक्त गीतको भिडियो छायंकन रेशम दर्लामीले र भिडियो सम्पादन सुरेश राउतले गरेका हुन् ।
हेर्नुस् भिडियो
