
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय धान दिवसको विशेष अवसर पारेर भक्तपुरमा आधुानिक मेसिनबाट धान रोपाइँ गरेका छन् ।
अखिल नेपाल किसान संघले सुर्य बिनायक नगरपालिकाको सिरुटारमा आयोजना गरेको रोपाई महोत्सवमा ओलीले मेसिनबाट धान रोपेका हुन् । उनीसँगै पत्नी राधिका शाक्य पनि महोत्सवमा सहभागी थिइन् ।
यस्तै आज असार १५ राष्ट्रिय धान दिवसलाई देशको विभिन्न ठाँउहरुमा दही चिउरा खादै धान रोपाइ गर्दै मनाइएको छ ।
