एमाले नेता भुसाल प्रचण्डलाई जवाफ दिदै भने यस्तो

१५ असार २०७९, बुधबार १४:१७

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति एमालेका नेता घनश्याम भुसालले आपत्ति जनाएका छन् ।

एमाले नेता भुसालले प्रचण्डको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अब एमालेमा एमाले, माओवादी र समाजवादीको बिउ नउम्रिने बताएका हुन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एमालेमा तीन वर्षसम्म बिउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका थिए ।

वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता भुसालले अब हाइब्रिड बिउ चाहिएको बताए ।
कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बिउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बिउ, माओवादीको बिउ, समाजवादीको बिउ चल्दैन, अब हाइब्रिड बिउ चाहिन्छु उनले भने ।

उनले एमाले र माओवादीलाई एकै ठाउँमा ल्याएर हाइब्रिडका रूपमा नेकपा बनाएको तर वुद्धि पुगेन भकारीमा आगोको उनको भनाइ छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौँ उनले भने, फेरि पनि हामी नेकपाको हाइब्रिड बिउ बनाउँछौँ ।’

यस्तै, लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली विवादमा तानिए पछि राजीनामा दिएकी छन् । मुख्यमन्त्री कुल प्रसाद केसीलाई स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले राजीनामा बुझाएकी हुन् ।