
लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली विवादमा तानिए पछि राजीनामा दिएकी छन् । मुख्यमन्त्री कुल प्रसाद केसीलाई स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले राजीनामा बुझाएकी हुन् ।
मन्त्री ओलीले जेठ ३१ दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उनी विवादमा तानिएकी थिइन् । सो प्रकरणमा उनी प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा केही दिन बसेर दाङमा बस्दै आएकी उनले अन्ततः राजीनामा दिएकी माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले पुष्टि गरे । वलीले सोमबार नै राजीनामा बुझाएको उनको भनाइ छ ।
यस्तै प्रचण्डले बुधबार पार्टी कार्यलय पेरिस डाँडा कोटश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम र मोहन वैद्य लगायतका नेताहरूलाई माओवादीमै फर्किन आग्रह गरेका छन्।
बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति समेत गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन आउनुअघिनै उनले राजीनामा दिएकी हुन् ।
