सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

१५ असार २०७९, बुधबार १०:४७

 सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त पत्रमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको हो ।

बैंकले जारी असार १० गतेदेखि जारी गरेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।Civil Bank

जसमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई (सामुहिक लगानी कोषबाट कुनै आवेदन प्राप्त नभएको) बिक्री गरिनेछ । त्यस्तै, बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।