श्रीमतीसँग विवाद भएपछि गोली चलाउने ती युवक को हुन् ?

१४ असार २०७९, मंगलवार २०:५९

जनकपुरधाममा गोली चलाउने एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकमा बस्ने ३७ वर्षीय मनिष अधिकारीले श्रीमतीसँग विवाद भएपछि गोली चलाएका थिए ।

अधिकारीले श्रीमतीसँग विवाद भएपछि पेस्तोलबाट गोली चलाएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उनले श्रीमतीलाई तर्साउन भन्दै घरको छतमा गई गोली चलाएका प्रहरीको भनाइ छ ।

उनको साथबाट अटो पिस्टन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको छ ।
पक्राउ परेका उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

यस्तै अर्काे प्रसंग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं) का सवालमा दोहोरो चरित्र देखाएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले अहिले एसपीपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको आज मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बताए ।