बाँडफाँड भयो आदर्श लघुवित्तको आईपीओ, भाग्यमानी ५ जनाले पाए ११ कित्ता सेयर

१३ असार २०७९, सोमबार १०:३०

आदर्श लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज बिहान ९ बजे बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट्सका सोमबार क्यापिटलकै कार्यालय नक्साल काठमाडौंमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले गत असार १ गतेदेखि असार ५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड भएको हो ।

गोलाप्रथाद्वारा वितरण गर्दा रितपूर्वक आवेदन दिने ६ हजार २६१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ५ जनाले भने थप १/१ कित्ता सेयर प्राप्त गरेका छन् ।