पत्रकार सम्मेलन गरी मन्त्री झाँक्रीले राजीनामा दिने

१२ असार २०७९, आईतवार १७:२४

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ एवम् सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी मन्त्री झाँक्रीले राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले राजीनामा दिने घोषणा गरिसकेका छन् । नेकपा एकीकृत समाजवादी पाटीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि भवानी खापुङ, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र मेटमणि चौधरीको नाम पार्टीले सिफारिस गरेको थियो ।