स्थानीयतह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा (माओबादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीले एक कार्यक्रम बीच सम्मान गरेको छ ।
जिल्लामा निर्वाचित एक नगर उपप्रमुख चार वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा बाट निर्बाचित कुल ३३ जना जनप्रतिनिधि हरुलाई सम्मान गरेको हो ।
कार्यपालिका सदस्य पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपालिको प्रमुख आतिथ्यता भएको सम्मान कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक प्रदेश समिति सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल लगायतको उपस्थित रहेको थियो।
