आफूहरुलाई मन्त्रीबाट नहटाउन दिए प्रधानमन्त्री देउवालाई दवाव

१२ असार २०७९, आईतवार १२:५९

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले आफूहरुलाई नहटाउन दवाव बढाएका छन् ।

प्रधानमन्त्री देउवामाथि आफ्नो पद थमौती गर्न एकीकृत समाजवादीका मन्त्रीहरुले प्रेसर बढाएका हुन् । एकीकृत समाजवादीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीले मन्त्री हेरफेरको निर्णय गरी सकेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने दृढताका साथ कार्यन्वयन गरेर जाने निर्णय गरेपछि एकीकृत समाजवादीका मन्त्रीले प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन्।

शनिवार बेलुका सहरी विकास मन्त्री रामकुमारी झाक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम मन्त्री किसान श्रेष्ठले प्रधानमन्त्री देउवालाई मन्त्री पदमा कायम राख्न अनुरोध गरेको एकीकृत समाजवादीका एक नेताले बताए । ‘हामी मन्त्री भएको जम्मा ६ महिना भयो । हामीलाई पार्टीले हटाउने निर्णय गरी सक्यो । तपाई (प्रधानमन्त्री) ज्युले भूमिका खेलिदिनुपर्यो ’ नेताले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुको मागका विषयमा परिस्थिति हेरेर निर्णय लिने बताउनुभएछ । पार्टीको निर्णय मन्त्रीले नमान्नु सारै लज्जाको विषय भयो ।’

प्रधानमन्त्रीले एकीकृत समाजवादीको निर्णय कार्यन्वयन गर्न ढिला गरेपनि मन्त्रीहरुले तत्काल कार्यन्वयन गर्न नसक्नु दुःखद भएको ती नेताले बताए । पार्टीको निर्णय कार्यन्वयन गरेर जानेभन्दा पनि एकीकृत समाजवादीका नेताहरुले पद थमौती गर्न प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गुहार मागेका छन् । उल्टै एकीकृत समाजवादीका मन्त्रीहरुले बजेट पास भइनसकेको र नयाँ मन्त्रीहरूमा समावेशी भएको छैन भन्दै टार्ने गरेका छन् । एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेताभन्दा शक्तिशाली मन्त्री हुन पुगेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विश्वर्कीतिमानी कायम गरेका तामाङको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा पुगेका छन् । सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे बुझ्न अध्यक्ष प्रचण्ड आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा पुगेका हुन्।