
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विश्वर्कीतिमानी कायम गरेका तामाङको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा पुगेका छन् ।
सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेका आरोही शम्भुु तामाङको स्वास्थ्यस्थिति बारे बुझ्न अध्यक्ष प्रचण्ड अस्पतालमा पुगेका हुन्। आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी उनको स्थास्थ्य स्थितिबारे अध्यक्षले जानकारी लिएका हुन्।

सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरी गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि नेपाल क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराइ रहेका छन् ।
तामाङको स्वास्थ्य अवस्था बारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी र्लिएका हन्। अध्यक्षले उनको विगत र अहिले भईरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल गर्ने पनि बताए ।

