नेतृत्व नसुध्रिए एमालेको पतन निश्चितछ: अध्यक्ष नेपाल

१२ असार २०७९, आईतवार ११:२७

नेकपा एमालेको ओरालो यात्रा संघीय निर्वाचनमा पनि कायमै रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले अखिल नेपाल महिला सघ (समाजवादी)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै नेपालले आफूलाई कमजोर ठानेको र बेवास्ता गरेको परिणाम एमालेले भोगिरहेको बताए । अहिले पनि एमाले पराजित हुनुको दोष आफूलाई दिने गरिएको भन्दै अध्यक्ष नेपालले नेतृत्व नसुध्रिए एमालेको पतन निश्चित रहेको बताए ।

गठबन्धनको आवश्यकता कायमै रहेको भन्दै नेपालले कम्तिमा संघीय निर्वाचनसम्म सहकार्य कायमै रहने बताए । यस्तै, माधव नेपालसमक्ष नपुग्दै सार्वजनिक भएको ध्यानाकर्षण पत्रमा मन्त्रीबाट फिर्ता हुन सर्त नै सर्त राखिएका छन् । तर, शनिबारसम्म आइपुग्दा विद्रोही समूहमा समेत विभाजन आइसकेको छ । हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका छन् ।