पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

१० असार २०७९, शुक्रबार १९:२७

प्रतिनिधिसभाको एक उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्र्तगतको बजार अनुगमन उपसमितिले शुक्रबार यस्तो निर्देशन दिएको हो । प्रकाश रसाइली संयोजक रहेको उपसमितिले इन्धनका कारण जनजीवन महँगीदा उपभोक्ता मारमा परेको निष्कर्ष निकालेको हो ।

इन्धनको मूल्य घटाएर उपभोक्तालाई राहत दिने सम्बन्धमा शुक्रबार निगमका अधिकारीसँग उपसमितिले छलफल गरेको र यस्तो निर्देशन दिएको उपसमितिका एक सदस्यले बताए ।