ठुलापोखराका हुमलाल पौडेलले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको खुलासा

८ असार २०७९, बुधबार १६:१६

अर्घाखाँचीका पूर्व शिक्षक हुमलाल पौडेलले नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गरेको छानविनका क्रममा पौडेलले  शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेर नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा जागिर खाएको खुलेको हो । पौडेल उक्त विद्यालयमा निमाविका अस्थायी शिक्षक थिए । उनी विरुद्ध अख्तियारले विशेष आदालतमा मुद्दा चलाएको छ ।

के छ मुद्दामा ?

नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरा अर्घाखाँचीमा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन शिक्षक हुमलाल पौडेलले झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने गरी निजले नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको छ ।

निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० मा परिभाषित कसुर गरेकोले निज हुमलाल पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।