आज बस्ने सत्तारुढ गठबन्धनको बैठकमा के के विषयमा छलफल हुदै छ ?

८ असार २०७९, बुधबार १४:०३

बुधबार (आज) दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

आजको बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित हुनुअघि मन्त्री हेरफेर नगर्ने सहमति गरेको थियो । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न लागेपछि अन्य दलहरुमा पनि मन्त्री हेरफेरको आवाज उठेको छ ।

यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा मन्त्री देवेन्द्र पौडेले एमालेको चाहनामा गठबन्धन नटुट्ने र गठबन्धनलाई संघीय र प्रदेशसभा निर्वाचन लैजाने बताएका छन् ।