नेकपा एमालेको चाहनामा गठबन्धन नटुट्ने शिक्षामन्त्री देवेन्द्र पौडेलले दाबी गरेका छन् ।
मन्त्री पौडेलले नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो दावी गरेका हुन् । गठबन्धन टुट्ने गरी अहिलेसम्म कुनै समस्या नआएको र गठबन्धनलाई संद्ध र प्रदेशको चुनावसम्म लैजाने पनि बताएका छन् ।
आगामी चुनावमा एमालेसँग गठबन्धन गर्ने हो भने विगतमा गरिएको प्रतिगमनविरोधी आन्दोलनको पुष्ट्याइँ नहुने नेकपा (माओवादी केन्द्र) को नेतासमेत रहेका मन्त्री पौडेलले बताए । पौडेलले भने, “हाम्रा नेता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई भेटेर गठबन्धन तोड्नुपर्छ भनेको कुरा साँचो होइन । अहिलेको स्थितिमा एमालेसँग गठबन्धन गर्दा विगतको प्रतिगमनविरोधी आन्दोलनको पुष्ट्याइँ हुन्न ।”
गठबन्धनलाई निन्तरता दिने कुरामा एकमत भए भागबन्डामा प्रवेश नगरेको पनि उनले बताए । पौडेलले भने, “चुनावको घोषणा नै भएको छैन । तर आजको आजै सिट बाँडफाँडको भागबन्डामा प्रवेश गर्ने कुरा हुँदैन । गठबन्धनका दलभित्र आन्तरिक समस्या छन् । त्यसलाई मिलाएर जानुपर्छ । तर वामपन्थीहरु मिल्दा के हुन्छ, भन्ने कुरा कांग्रेसले पनि मनन गर्नुपर्छ ।” दिए । एसपीपीमा सहभागी नभए पनि दातृनिकायले सहायता बढाइरहेको दाबी पनि उनले गरे ।
यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व सञ्चारकर्मी रवि लामिछानेको बारेमा टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले पूर्व सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा प्रवेश गरेको बारेमा आलोचनात्मक टिप्पणी गरेका हुन् ।
