आर्यन सिग्देल स्वतन्त्र उम्मेदवार पोखरेललाई समर्थन गर्दै पहिलो चोटि राजनीतिमा देखिए

७ असार २०७९, मंगलवार १३:२४

लोकप्रिय अभिनेता आर्यन सिग्देलले प्रतिनिधी सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका युवा इन्जिनियर आकर्षण पोखरेललाई समर्थन गर्ने बताएका छन् ।

अभिनेता सिग्देलले आज विहान काठमाडौं आयाजित कार्यक्रममा बोल्दै चुनावी अभियानमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका युवा इन्जिनियर पोखरेललाई चुनावी अभियानमा समर्थन गर्ने बताएका हुन् ।

अभिनेता सिग्देलले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका युवा इन्जिनियर पोखरेलसंग आफ्नो १० वर्षदेखि चिनजान भएको र पोखरेल साथी समेत भएकाले साथ दिने बताउदै परम्परागत राजनीतिक दलप्रति रुष्ट भएको पनि सुनिए ।

पोजेटिभ चीजलाई समर्थन गर्दा त के हुन्छ र ? ऊसँग मेरो चिनजान १० वर्षदेखि हो । आजसम्म राजनीतिमा नगएको मान्छे म, उसको सकारात्मकता देखेर नै कार्यक्रममा पुगेको हुँ,’सिग्देलले भने, ‘समय मिलेसम्म चुनावी अभियानमा पनि उसलाई सघाउनेछु ।’

आर्यन परम्परागत दलप्रति असन्तुष्ट पनि सुनिए । ‘हामी भित्री रुपमा पार्टीलाई समर्थन गर्‍यौं र भोट हाल्यौं तर नतिजा राम्रो आएन । अब चाहिं पढेको र संसार बुझेको मान्छेबाट आशा राखेर उसलाई समर्थन गरेको हुँ,’ आर्यनले भने ।

युवा इन्जिनियर पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको भन्दै कसैलाई गाली गरेर नेता बन्न नचाहेको बताएकाक छन् ।