प्रधानमन्त्री देउवा बैठकमा उपस्थित नहुँदा एमाले नेता भीम रावल आगो, पुष्पा भुसालले गरिन् देउवाको बचाउ

५ असार २०७९, आईतवार १३:१२

प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नहुँदा सांसदहरुबीच चर्काचर्की भएको छ। एमाले नेता भीम रावलले प्रधानमन्त्री देउवा समितिको बैठकमा उपस्थित नभएपछि खेद प्रस्ताव पारित गर्न माग गरेका हुन्।

उनको मागलगत्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले देउवाको बचाउ गरिन्। भुसालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तय भइनसकेको हुनाले अहिले जानकारी दिनुपर्ने कुनै आवश्यकता नभएको बताइन्।

राजनीतिकरण गर्न अपब्याख्या गर्ने हो। यो दुईवटा विषयमा निर्देशन दिइसकेको छ। तीन एजेण्डा छ। फर्मल भिजिट तय भएपछि जानकारि गराउछु भन्नु भएको छ प्रधानमन्त्रीले, उनले भनिन्, हामी विदेश नीतिमा बहस हुनुपर्ने हो।

समितिको छलफल विषयबस्तुभन्दा बाहिर छलफल गएको उनले दाबी गरिन्। भुसालले यति भनेपछि एमाले सांसद रावलले प्रधानमन्त्री संसदसँग जवाफदेही हुनुपर्ने धारणा राखे। यो कुतर्क हो। प्रमले भनेको कुरामा प्रम जवाफदेही हुनु पर्दैन ? रावलले प्रश्न गरे।

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे छलफलका लागि समितिको बैठक जारी छ। शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएर समितिले यसबारे सेनाको धारणा बुझेको थियो।

सोही बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले पनि एसपीपीबारे सरकारको धारणा राखेका थिए। समितिले यसबारे थप छलफलका लागि आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई डाकेको थियो।

यद्यपि देउवा समितिको बैठकमा उपस्थित नभएपछि उनको आलोचना भएको हो। प्रधानमन्त्री देउवाले यसअघि पनि संसद छल्दै आएका छन्। अमेरिका भ्रमणबारे जानकारी दिन सदनमा सांसदहरुले प्रधानमन्त्रीसँग माग गरेका थिए। संसदमा जवाफ दिने दिन तोकिँदा पनि देउवाले जवाफ दिएनन्।

एसपीपी र देउवाको अमेरिका भ्रमणलाई लिएर पछिल्लो विवाद तन्किएको हो। आजको बैठकमा नेता रावलले प्रधान सेनापतिले जवाफ दिँदा देउवाले जवाफ किन दिन नहुने भन्दै प्रश्नसमेत गरे।

सत्य भनेको तिरजस्तो हुन्छ। प्रधान सेनापतिले भन्ने प्रमले जवाफ नदिने ? रावलले भने, यो समितिको विषय हो। प्रमले संसदमा भन्न नहुने यो कस्तो व्यवस्था हो। निर्णय गर्दा पनि यो निर्णय गर्नु पर्छ। अमेरिकाले चुनौतिका साथ पत्र लेख भन्ने। हामीले तथ्य मागेका छौ।

यस्तै सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने आइतबार काठमाडौंमा पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बताएका हुन् ।