स्थानीयका लागि खुल्दै रसुवागढी हाइड्रोपावरको आईपीओ

५ असार २०७९, आईतवार १०:२६

आयोजना प्रभावित स्थानीयवासीका लागि रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन हुने भएको छ। असार १३ गतेबाट यो कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो।

रसुवाको आयोजना प्रभावित क्षेत्र गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमुरे, प्रभावित वर्ग प्रसारणलाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू, वडा नम्बर ४ लाङटाङ, ५ नम्बरको स्याफ्रुवेशी र ८ नम्बर वडा धुन्चेका बासिन्दाहरूका लागि ६८ लाख ४२ हजार १ सय कित्ता छुट्याइएको छ। यो आईपीओ चाडोमा असार २७ गते बन्द हुने उल्लेख छ।