
आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा जुट्ने राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले बताएका छन्।
अब एकपटक पार्टी एकीकरणका लागि जुट्ने शुक्रबार राष्ट्रिय सभामा बोल्दै नेता गौतमले बताएका हुन्। म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु, केही समयमा घोषणा गरेर लाग्नेछु ुउनले भने सफल हुन्छु हुन्न थाहा छैन ।ुउनले कम्युनिष्ट पार्टी एक होस् भनेर आफूले कुनै नेताका बारेमा आलोचना टिप्पणी नगरेको बताए।
मेरो जीवनमा म निकै क्रिटीकल व्यक्ति हुँ। मैले पुष्पलालको पनि आलोचना गरेँ, मदन भण्डारीको आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ, उहाँहरुसित सैद्धान्तिक राजनीतिक संघर्ष हुँदै आएको हो। म त्यसैमा दिक्षितजस्तो भएँ।
बामदेव गौतम पूर्व नेकपा एमाले पार्टीका र हाल नेपाल कम्युनिष्ट पार्टी का उपाध्यक्ष हुन। राजनीतिमा सकृय यिनले पटकपटक नेपालका विभिन्न मन्त्रालय सम्हालिसकेका छन्।
