ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने, सेयर कारोबार रोक्का

२ असार २०७९, बिहीबार १०:४९

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा जाने भएका छन् । मर्जर सम्झौतामा आज विहिबार बिहान हस्ताक्षर भएसंगै दुवै कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

आज दुबै बैंकले नेप्सलाई पत्र लेख्दै मर्जरका लागि प्रारम्भिक सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भइसकेकाले दुबै बैंकको सेयर कारोबार रोक्का राखिदिन आग्रह गरेको हुन् ।

श्रोतका अनुसार दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको हो । यो मर्जरसंगै पूनः ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठुलो बैंक बन्ने छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको असार ०१ गते बसेको संचालक समितिको २२६ औं बैंठकबाट बैंक अफ काठमाण्डु लि. र ग्लोबल आईएमई बैंक लि. एक आपसमा गाम्ने गाभिने  सम्बन्धमा प्रारम्भीक समझदारी पत्र को मस्यौदा स्वीकृत गरेकाे थियाे ।

त्यस्तै, ग्लोबल आईएमई बैंककाे पनि असार १ गते नै बसेकाे सञ्चालक समितीकाे बैठकले अफ काठमाण्डुसंग एक आपसमा गाम्ने गाभिने (Merger) सम्बन्धमा प्रारम्भीक समझदारी पत्रको मस्यौदा स्वीकृत गरेकाे थियाे ।