एमसीसीले नेपालमा सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज ल्याउने रहेछ: लिङ्देन

१ असार २०७९, बुधबार १२:५२

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गरेपछिको प्रभाव देखिन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले एमसीसी पारित गरेपछिका प्रभाव देखिन थालेको बताएका हुन् ।

सरकारले तत्कालिन समयमा बहुमतको आडमा जबरजस्ति एमसीसी अनुमोदन गरेको स्मरण गर्दै लिङ्देनले त्यसपछिको प्रभाव देखिन सुरू गरेको बताए । ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदैछैन भन्ने जनमानसको आशंका थियो,’ लिङ्देनले भने, ‘सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’

एमसीसीपछि अहिले एसपीपी आएको र यसपछि पनि अन्य सम्झौता आउन सक्ने संका गर्दै लिङ्देन भन्छन्, ‘विगतका गल्तीहरू सरकारले किन लगातार दोहोर्‍याइरहेको छ ।’ देशमा कुनै पनि संकट आउन नदिने गरी सरकार बस्नुपर्नेमा विवादास्पद र अफ्ठ्यारो पार्ने गरी किन अघि बढ्छ भन्दै लिङ्देनले सरकारलाई प्रश्न समेत गरे । यस प्रकारको काम अविलम्ब रोकेर असंलग्न पराराष्ट्र नीतिमा असन्तुलन पैदा हुने गतिविधि तत्काल रोकिनुपर्ने लिङ्देनको भनाइ छ ।

यस्तै सबै प्रदेशले नाम राखिसक्दा प्रदेश एक भने सबैभन्दा पछि परेको छ । नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरूबीच विवाद छ । प्रदेश सभामा दुईतिहाइ बहुमतबाट नामको प्रस्ताव पारित गर्नुपर्छ । अहिले प्रदेश एकमा नेकपा एमालेका सभामुखसहित ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक एक जना सांसद गरी ९० जना सांसद छन् ।(