बालेन्द्र शाहलाई कांग्रेसकी नेत्री सिर्जना सिंहले सुझाव दिदै के भनिन् त ?

२५ जेष्ठ २०७९, बुधबार १४:४६

काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) लाई बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन नहुने नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले सुझाव दिएकी छन् ।

सिंहले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेकी छन्, ‘स्थानीय जनप्रतिनिधिसँग छलफलमा बस्ने तर जनप्रतिनिधि मिटिङबाट बाहिरिन नपाउँदै उता भने बल प्रयोग गरेर गरेको फोहोर व्यवस्थापन दीर्घकालीन हुँदैन र राम्रो पनि होइन भनेर बुझ्नुपर्‍योे । कामकारवाही सहमति अनुरूप हुनुपर्‍यो । काठमाडौंको जनता होस् वा बन्चरे डाँडाका जनता सबैलाई न्याय होस् । कामपा सरकार !’

यस्तै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौंको फोहर व्यवस्थापनमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । घाँटीको समस्याका कारण ‘भ्वाइस रेस्ट’ मा बसेका नेता पौडेलले सामाजिक सञ्चालमार्फत फोहोरले वातावरणीय प्रदूषणमा पार्ने प्रभावबाट कोही पनि मुक्त हुन नसक्ने भन्दै महानगरको फोहोरको समस्या सबैको साझा भएको बताएका हुन् ।