एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना भइरको बेला महासचिव शंकर पोखरेल भने ओलीको प्रतिरक्षामा उत्रिएका छन्।
महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लख्दै भनेका छन् । नेकपा (एमाले)को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारीता पूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन। मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा( एमाले) भित्रवाटै सम्भव छ ।
नेता घनश्याम भूसाल लगायतले स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय भोग्नुमा अध्यक्ष ओलीको कार्यशैली मुख्य जिम्मेवार रहेको बताउँदै आएका छन्। ओलीप्रति गरिने आलोचनालाई पोखरेलले आग्रहपूर्ण विचारु भनेका छन्।
यस्तै काठमाडौं महानगरपालिकाले जनाए अनुसार बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि अवरोध गरेका छन्। स्थानीयले आज पनि फोहोर फाल्न रोकेको महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बताएका छन् ।
