प्रहरीद्धारा ईम्बोस्ड नम्बर प्लेटको विरोधमा उत्रिएकाहरुमाथि लाठी चार्ज

२४ जेष्ठ २०७९, मंगलवार १८:३०

एमाले निकट संगठन नेपाल राष्ट्रिय युवा संघको आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी बर्साएको छ ।

काठमाडौं नयाँबानेश्वरमा आज ईम्बोस्ड नम्बर प्लेटको विरोधमा आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले लाठी चार्ज गरेको हो ।प्रहरीको लाठी लागेर युवा संघका नेता तथा कार्यकर्ताहरु सम्राट गौचन, बाबुराम तामाङ, अमित पौडेल, अचुतम सापकोटा, रञ्जु राई, कमल ढकाल र निरोज पौडेल घाईते भएका हुन् । उनीहरुमाथि नयाँ बानेश्वरस्थित् होटेल एभरेष्ट अगाडि लाठी चार्ज भएको हो ।।

युवा संघले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा प्रदर्शन गरेको थियो । सोही क्रममा युवा संघले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।