
सरकारले व्यवसाय गर्नेहरुका लागि करका दर तोकेको छ ।
आन्तरीक राजस्व विभागले सार्वजनिक गरेको सूचनाअनुसार महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले ७ हजार ५ सय रुपैयाँ कर बुझाउनुपर्छ ।
त्यसैगरी नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले ४ हजार रुपैयाँ र अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले २ हजार ५ सय रुपैयाँ कर बुझाउनुपर्छ ।
त्यसैगरी व्यवसायको प्रकारका आधारमा ग्याँस, चुरोटलगायत तीन प्रशितसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ३० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.२५ प्रतिशत कर लाग्छ ।
त्यसबाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ३० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म कारोबार गर्दा १ प्रतिशत र सेवा व्यवसाय गर्ने व्यक्तिलाई ३० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्मको कारोबार रकममा २ प्रतिशतसम्म कर लाग्छ ।
त्यसैगरी व्यवसायको प्रकारका आधारमा ग्याँस, चुरोटलगायत तीन प्रशितसम्म कमिसन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको कारोबारमा ०.३ प्रतिशत कर लाग्छ ।
त्यसबाहेकको व्यवसाय गर्ने व्यक्तिलाई ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म कारोबार गर्दा ०.८ प्रतिशत र सेवा व्यवसाय गर्ने व्यक्तिलाई ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको कारोबार रकममा २ प्रतिशतसम्म कर लाग्छ ।
साथै, आर्थिक ऐन २०७९ ले कारोबारका आधारमा कर बुझाउने तीन लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म्को कारोबार गर्ने करदाताको आय वर्ष २०७८/७९ मा लाग्ने करमा ५० प्रतिशत छुट समेत दिएको छ ।
