बाँके र बर्दियाको घटनाबारे सरकारको धारणा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।
बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले सरकारको धारणा माग गरेका थिए ।
सोही विषयमा सदनको ध्यानाकर्षण भएको जनाउँदै सभामुख सापकोटाले गृहमन्त्री खाँणलाई जवाफ दिन समय दिएका थिए । यसतै एमाले सांसद लालबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको राजीनामा मागेका छन्।
