एकीकृत समाजवादी पार्टीबाट को को नयाँ मन्त्री बन्दैछन् ?

२२ जेष्ठ २०७९, आईतवार १८:०३

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेर पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली बुझाएको छ ।

नेताहरु विजय पौडेल र प्रमेश हमालले आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई नामावली बुझाएका हुन् ।
सहरी मन्त्री रामकुमारी झाक्रीको ठाउँमा मेटमणि चौधरी, पर्यटनमन्त्री प्रेम आलेको ठाउँमा जीवनराम श्रेष्ठ, श्रम मन्त्री किसान श्रेष्ठको ठाउँमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नाम पठाईएको बताईएको छ ।

पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै एमाले पार्टीभित्रै खैलाबैला मच्चिएको छ।