एमालेका नेता भीम रावलले गरे अर्थमन्त्रीलाई यस्ता प्रश्न ?

२० जेष्ठ २०७९, शुक्रबार १६:१७

अर्थमन्त्री जनार्दान शर्मालाई एमालेका नेता भीम रावलले समाजवाद उन्मुख अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेटलाई किन नवउदारवादी बाटोमा डोहोर्‍याएको भनेर प्रश्न गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धमा जवाफ दिएपछि पूरक प्रश्न गर्दै रावलले एमसीसीको व्याख्यात्मक घोषणा सम्बन्धमा पनि प्रश्न गरेका हुन् ।

‘संविधानको भावनाविपरीत बजेटलाई किन पुँजीवादी नवउदारवादी बाटोमा डोर्‍याउनु भयो ? संविधानको धारा ७ विपरीत बजेटको २२० ठाउँमा अँग्रेजी भाषा किन राखियो ?,’ रावलले प्रश्न गरे, ‘एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणाको पत्र खोइ ? एमसीए नेपाल खारेज भएको हो ?’

यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दुर्गन्धमुक्त बनाउने आश्वास दिएका छन् ।